संस्थाको उदेश्य:
१. परम्परागत कृषि प्रणालीमा सुधार गरि आधुनिक कृषि प्रणाली तर्फ आफ्ना कृषक सदस्यहरुलाई अभिप्रेरित गर्ने ।
२. आधुनिक कृषि प्रणालीको विकासको लागि आवस्यक पर्ने प्राविधिक सेवा, यन्त्र, उपकरण, औजार,मल उन्नत बिउ तथा बेर्नाको व्यवस्था गर्ने ।
३. कृषि उत्पादन वृद्धि तथा कृषि जन्य उद्योग व्यवसाय संचालन गर्न सदस्यहरुको क्षमता विकास गर्ने तालिम ,गोष्ठी , अवलोकन भ्रमण संचालन गर्ने ।
४. कृषकहरुको आम्दानी अभिवृद्धि गर्न सामुहिक रुपमा गरिने सहकारी कृषि प्रणाली प्रवर्दन गर्ने ।
५. कृषक र उपभोक्ता बीच रहेको मध्यस्तकर्ताले गर्दा सिर्जना भएको मूल्यवृद्धिको मारबाट बचाउन कृषि सामग्रीको उचित व्यवस्था गर्न तथा कृषि उत्पादनको उचित मूल्य उपलब्ध गराउन आवस्यक बजार व्यवस्था मिलाउने ।
६. सदस्यहरुको आर्थिक उन्नतिको लागि कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्न प्रसोधन तथा बजारीकरण गर्ने ।
७. सहकारी एन, नियमावली तथा प्रचलित कानुन बमोजिम चल अचल सम्पति आर्जन गर्ने , क्रय बिक्रय गर्ने, विनिमय गर्ने, धरौटी तथा बन्धक राख्नुका साथै भाडामा लिनेदिने कार्य गर्ने ।
८. संस्थाको बार्षिक कार्यक्रम तर्जुमा गरि विभिन्न किसिमका परियोजना संचालन गर्ने ।
९. समान उदेश्य भएका अन्य संघ संस्थाहरु संग सम्पर्क तथा समन्वय गरि सहयोग आदान प्रदान गर्ने ।
१०. बा ली तथा पशुधनको सुरक्षाको लागि कृषि तथा बाली बिमा गर्ने ।