जगन्नाथ कृषक सहकारी संस्था

शाहीलेक ०४, दशरथचन्द, बैतडी

जगन्नाथ कृषक सहकारी संस्था

शाहीलेक ०४, दशरथचन्द, बैतडी

उदेश्य

संस्थाको उदेश्य:

१. परम्परागत कृषि प्रणालीमा सुधार गरि आधुनिक कृषि प्रणाली तर्फ आफ्ना कृषक सदस्यहरुलाई अभिप्रेरित गर्ने 

२. आधुनिक कृषि प्रणालीको विकासको लागि आवस्यक पर्ने प्राविधिक सेवा, यन्त्र, उपकरण, औजार,मल उन्नत बिउ तथा बेर्नाको व्यवस्था गर्ने 

३. कृषि उत्पादन वृद्धि तथा कृषि जन्य उद्योग व्यवसाय संचालन गर्न सदस्यहरुको क्षमता विकास गर्ने तालिम ,गोष्ठी , अवलोकन भ्रमण संचालन गर्ने 

४. कृषकहरुको आम्दानी अभिवृद्धि गर्न सामुहिक रुपमा गरिने सहकारी कृषि प्रणाली प्रवर्दन गर्ने 

५. कृषक र उपभोक्ता बीच रहेको मध्यस्तकर्ताले गर्दा सिर्जना भएको मूल्यवृद्धिको मारबाट बचाउन कृषि सामग्रीको उचित व्यवस्था गर्न तथा कृषि उत्पादनको उचित मूल्य उपलब्ध             गराउन आवस्यक बजार व्यवस्था मिलाउने   

६. सदस्यहरुको आर्थिक उन्नतिको लागि कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्न प्रसोधन तथा बजारीकरण गर्ने 

७. सहकारी एन, नियमावली तथा प्रचलित कानुन बमोजिम चल अचल  सम्पति आर्जन गर्ने , क्रय बिक्रय गर्ने, विनिमय गर्ने, धरौटी तथा बन्धक राख्नुका साथै भाडामा लिनेदिने कार्य गर्ने 

८.  संस्थाको बार्षिक कार्यक्रम तर्जुमा गरि विभिन्न किसिमका परियोजना संचालन गर्ने 

९.  समान उदेश्य भएका अन्य  संघ संस्थाहरु संग सम्पर्क तथा समन्वय गरि सहयोग आदान प्रदान गर्ने 

१०. बा ली तथा पशुधनको सुरक्षाको लागि कृषि तथा बाली बिमा गर्ने